Search
Close this search box.

भारत पुगेर कांग्रेस नेता बानियाँले भने- राजनीति व्यापार नभई सेवा हाे

नयाँदिल्ली/नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले राजनीति व्यापार नभई सेवा भएकाे भन्दै साेहीअनुसार क्रियाशील हुन नेता कार्यकर्तामा आग्रह गरे । भारतको नयाँदिल्लीस्थित मालवीय स्मृति भवनमा आईतवार नेपाली जनसम्पर्क समिति भारतको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, वीपी बिचार, प्रवासीको समस्या बारे अन्तरक्रियाको साथै प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बानियाँले मागी खाने र ठगी खानेलाई गरिखाने वर्ग बनाउने पार्टी कांग्रेस भएको बताए ।

कांग्रेसको सिद्धान्त र बिचार राम्रो भएकाले जनताको आकर्षण बढेको बताउँदै नेता बानियाँले धेरै हण्डर र ठक्कर खाँदै प्रवासमा बसेर कर्म गर्दै नेपाल र नेपालीको सेवा गरिरहेकोमा उच्च प्रशंसा गरे ।

नेता बानियाँले पछिल्लो २०६२/०६३ को जनआन्दोलनमा भारतमा रहेका नेपालका राजनीतिक दलहरूका भातृ सङ्गठनहरुलाई समेत आफ्नो विश्वासमा लिएर भारतमा रहेका विशाल नेपालीहरुको प्रतिनिधित्व गर्दै आन्दोलनमा सहभागी हुँदै इतिहास रच्ने सुवर्ण अवसर प्राप्त गरेको बताउँदै हरेक प्रजातान्त्रिक आन्दोलनमा प्रवासबाट टेवा पुर्‍याएको नेपाली जनसम्पर्क समिति भारतको विधि र विधान नेपाली कांग्रेससंग सम्बन्ध रहेको बताए ।

जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको सभाध्यक्षतामा कार्यक्रम भएको थियोे । जनसम्पर्क समिति भारतको जननायक वीपी कोइरालाको प्रमुख आतिथ्यतामा सन् १९७६ जुन १३ विक्रम सम्बत (२०३३ जेठ १३) गते मुम्बईको माहानगरीमा स्थापना भएको इतिहास रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan