हेटाैंडा-हेटाैंडामा एक महिने वडा खेलकुद महाेत्सव हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले दोस्रो वडा खेलकुद महोत्सव आयोजना गरेकाे हाे ।
‘ माघ ९ गतेदेखि फाल्गुन १७ सम्म वडा स्तरीय, नगर स्तरीय तथा जिल्ला स्तरीय खेलकुद महोत्सवको आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएकाे हाे ।
हेटाैंडा-४ मा रहेकाे सामुदायिक तथा संस्थागत विद्यालयहरुसँगकाे सहकार्यमा खेलकुद महाेत्सव सञ्चालन गर्न लागिएकाे वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए । शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशिल प्रतिभा उजागर तथा शारीरिक तथा बौद्धिक विकास गर्ने उद्धेश्यका साथ खेलकुद महोत्सव आयोजना गर्न लागिएको सिग्देलकाे भनाइ छ ।
४ नम्बर वडाकाे शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा कार्यक्रम हुनेछ । करिब एक महिनासम्म सञ्चालन हुने उक्त महोत्सवमा वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुमा विभिन्न खेलकुदहरु आयोजना हुनेछन् ।
जसमा माघ ९ गते नवोदय माविमा हाजिरी जवाफ प्रतियोगिता, माघ १३ गते आधुनिक माविमा वकतृत्व कला प्रतियोगिता, माघ १४ गते सत्यम जेभियर्स माविमा वादविवाद प्रतियोगिता, माघ १५ गते श्रमिक माविमा नेपाली हिज्जे प्रतियोगिता र स्लो स्कुटी प्रतियोगिता, माघ २४ गते ब्रम्हदिक माविमा कविता प्रतियोगिता हुनेछ ।
तमाघ २५ गते भुटनदेवि माविमा निबन्ध लेखन प्रतियोगिता, फाल्गुन २ गते विभिन्न दौड प्रतियोगिता, फाल्गुन ३ गते आधुनिक माविमा नगर स्तरीय भलिबल प्रतियोगिता, सोही दिन श्रमिक माविमा नगर स्तरीय फुटबल प्रतियोगिता र नगर स्तरीय क्रिकेट प्रतियोगिता, फाल्गुन ५ गते सत्यम स्कुलमा अफ बार प्रतियोगिता, सोही दिन नवोदय स्कुलमा नगरस्तरीय बास्केटबल प्रतियोगिता, र फाल्गुन १६ र १७ गते नगर स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने बताइएकाे छ । शिक्षक भलिबलबाहेक अन्य विधामा उत्कृष्टलाई फागुन ७ गते शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने वडाध्यक्ष सिग्देलले बताए ।

