हेटौंडा– मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको पुस अन्तिमसम्ममा तीन हजार २९४ किलो अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । प्रहरीले चालु आर्थिक वर्षको साउन महिनायता तीन किलो अफिम, २५७ ग्राम खैरो हेरोइन, ५१ किलो चरेस, २० बोतल चरेस, ५५ ट्याब्स नाईट्रो भेट, एकहजार ४७५ एम्पुल डाईजपाम बरामद गरेको छ ।
प्रहरीले लागूऔषधसहित लागूऔषध ओसारपसारमा संलग्न १७ वटा सवारी साधन र सोही अवधिमा लागूऔषधसहित पक्राउ परेका १०१ जनामध्ये ७० जनालाई मुद्दा दर्ता गरेको जनाएको छ । प्रहरीले स्वदेशी नागरिक ८७ जना पुरुष र ५ महिलासहित ८ पुरुष र एक महिला विदेशी नागरिकलाई लागूऔषधसहित पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । लागूऔषधको ट्रान्जिट पोइन्ट बनेको मकवानपुरमा प्रहरीले दिनहुँजस्तो लागूऔषधसहित मानिस पक्राउ गदै आएको छ । लागूऔषध ओसारपसारमा भरिया मात्रै पक्राउ पर्दै आएका छन् भने मुख्य नाइके र कारोबारीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

