Search
Close this search box.

हेटौंडामा अध्यक्ष कप पुरुष भलिबल हुँदै


हेटौंडा- हेटौंडामा माघ १६ देखि १९ गतेसम्म प्रथम हेटौंडा–१२ वडा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–१२ खेलकुद विकास समितिको आयोजना, हेटौंडा–१२ नम्बर वडाको सहयोग तथा नारायणी कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता हुने भएको हो ।


प्रतियोगिता संयोजक मनोज लामाले भलिबल खेलको विकास, विस्तार, प्रवद्र्धनका साथै खेलाडीबीच सद्भाव बढाउने उद्धेश्यले खेल आयोजना गर्न लागिएको जानकारी दिए । हेटौंडा उपमहानगरमा भलिबल खेल लोप हुँदै गएको छ । यसरी खेलमार्फत् खेलाडीको प्रतिभा प्रष्फुटन गराउनुका साथै राष्ट्रिय खेल भलिबलको संरक्षण गर्नु हाम्रो मुल उद्धेश्य हो,’ उनले भने ।


हेटौंडा–१२ स्थित बुद्ध मावि हात्तीगौंडामा हुने खेलमा नगरका १९ वटै वडाबाट खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन् । खेललाई स्तरीय बनाउन प्रत्येक टिमले आफ्‌नो वडाबाहिरका कम्तिमा ३ खेलाडी समावेश गराउन सक्ने आयोजकले जनाएको छ । प्रत्येक टिममा १६ जना खेलाडीसाथ १/१ जना टिम प्रशिक्षक र टिम मेनेजर गरी जम्मा १४ जना सहभागी हुन पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार नगद पुरस्कार राशि व्यवस्था छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan