Search
Close this search box.

रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेको जनाइएको छ ।

त्यसका लागि उनी हिजै (मंगलबार) विमानस्थल हुँदै भैरहवा पुगेका छन् । लामिछाने आज अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए ।

लामिछानेसँगै निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही पुगेको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan