Search
Close this search box.

८१ किलो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले  ८१ किलो अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। । मंगलबार राती  ९ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा  कैलाश गाउँपालिका – ४ का २२ वर्षीय छेटुप थिङ रहेका छन् ।

प्रहरीका अनुसार मनहरी गाउँपालिका -८ सिम्पानीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा राक्सिराङ चैनपुरतर्फबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च ००६२ नम्बरको बोलेरो पिकअप गाडीलाई शंका लागेर रोकिएको थियो ।
उक्त गाडी र चालकलाई  खानतलासी गर्दा गाडीको पछाडिको ढालाभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा ८१ किलो लागुऔषध गाँजा फेला परेको हो

प्रहरीले बरामद गरेको गाँजा, बोलेरो पिकअप गाडीसहित छेटुप थिङलाई नियन्त्रणमा लिएर लागुऔषध मुद्दामा थप अनुसन्धान अघि बढाएको प्रहरीले  जनाएको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधि रोक्न चेकजाँच र निगरानीलाई थप कडाइ गरिएको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan