Search
Close this search box.

मलहम लगाउन मानवअधिकारकर्मी सधैं अग्रसर


हेटौंडा- मानवअधिकार रक्षक समूहको वर्तमान अवस्था तथा चुनौती विषयक छलफल तथा बैठक भएको छ । मानव बेचबिखनविरुद्ध मानवअधिकार क्षेत्रमा कार्यरत् संघसंस्थाका नेटवर्क सञ्जालको छलफल तथा बैठक भएको हो ।
न्यानो आँगन नेपालको आयोजनामा सोमबार न्यानो आँगनको कार्यालयमा कार्यक्रम भएको थियो । न्यानो आँगन अध्यक्ष मञ्जु फ“ुयालको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश प्रमुख पवन भट्टको प्रमुख आतिथ्यता थियो ।
छलफल तथा बैठकमा मानवअधिकार क्षेत्रमा भएका गतिविधिको समीक्षा, वर्तमान अवस्थाबारे सबैले आआफ्‌नो धारणा राखेका थिए । प्रमुख अतिथि भट्टले मानवअधिकार आयोग सधैं साथमा रहेको बताउँदै निरन्तरता दिन आग्रह गरे । आमनागरिकको घाउमा मलहम लगाउन मानवअधिकारकर्मी सधैं अग्रसर रहेको उनले बताए ।
कार्यक्रममा गैसस महासंघ अध्यक्ष रमिला सापकोटा, जिल्ला बार अध्यक्ष अप्सरा बस्नेत, कोशिसको सुनिरा लामा, राष्ट्रिय अपांग संघ नेपाल, डब्लुएचआर मकवानपुर अध्यक्ष शारदा चौलागाईं, हिमराइट्स मकवानपुरकी कुमारी वाइबा, न्यानो आँगन नेपालका मीरा फ“ुयाल, निर्मला अधिकारी, गोमा हटुवाल र नेपाल मानवअधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठलगायतको उपस्थिति थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan