Search
Close this search box.

कांग्रेस नेता बानियाँ र भारतका लागि नेपाली राजदुत डा. शर्माबीच छलफल

नयाँदिल्ली- नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदुत डाक्टर शंकर शर्माबीच भारतमा रहेका नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ ।

भारतको राजदुतावासमा बुधबार विहान भएको भेटमा भारतमा बसेर ब्यवसाय गरिरहेका ब्यवसायीहरुको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउँदा ब्योहोर्नुपरेका समस्या समाधानका बारेमा नेता बानियाँ र राजदुत डा. शर्माबीच छलफल भएको बानियाँको सचिवालयले जानकारी दिएको छ ।

पूर्व गृह राज्यमन्त्रीसमेत रहेका बानियाँले भारतमा कार्यरत नेपाली मजदुर, विभिन्न व्यवसाय गरी बसेका व्यवसायीहरुको उपचार, दुर्घटनामा परी घाईते तथा मृत्यु भएका परिवारले ब्यहोर्नुपर्ने झण्झटिलो प्रक्रियाको छिटो समाधानका उपाय र नेपालीहरुको स्वास्थ्य बीमाको प्रक्रिया बारेमा राजदुत शर्मासंग छलफल गरेका थिए ।

भारतका लागि नेपाली राजदुत डा. शर्माले दुई देशबीच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरुको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाईरहेको र केही समस्या परेमा राजदुतावासमा सम्पर्क गर्नसमेत छलफलमा आग्रह गर्दै नेपाली ब्यवसायीहरुको विभिन्न समस्या समाधानका लागि भारत सरकारसंग आवश्यक समन्वय गर्ने बताएका छन् ।

राजदुतावासमा भएको छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानूून तथा संसदीय मामिला विभाग प्रमूख सानुकान्छा श्रेष्ठ, राजदुतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेललगायत विरामीका आफन्त तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसअघि नेता बानियाँले मंगलबार नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचाररत नेपाली विरामी तथा आफन्तलाई भेटी उपचारमा परेका कठिनाईको बारेमा बुझ्दै समाधानका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुतावाससंग छलफल तथा समन्वय गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan