काठमाडौं–कैलालीको धनगढी उपमहानगरपालिका– १७ मा घरायसी विवादमा भनाभन हुँदा भाइलृ दाइको हत्या गरेका छन् । शनिबार राती १२ बजेको समयमा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको हो ।
३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरी गम्भीर घाइते बनाएकोमा उपचारकोृे क्रममा लालबहादुरको मृत्यु भएको गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रmममा मृत्यु भएको प्रहरी प्रवक्ता दर्शन खड्काले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई प्रहरीलेनियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
केही प्रतिक्रिया छ कि ?

