Search
Close this search box.

बेचबिखन प्रभावितको स्वास्थ्य अधिकार सुनिश्चितताको लागि कार्यशाला

हेटौंडा– बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्नको लागि हाम्रो भुमिका विषयक प्रदेशस्तरीय कार्यशाला हेटौंडामा सम्पन्न भएको छ। सुनिता फाउन्डेसनको आयोजना तथा ओमनकाइण्ड वल्र्डवाइड्को सहयोगमा बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्नका लागि हाम्रो भूमिका विषयक कार्यशाला गरिएको हो ।

परियोजना अधिकृत अमृता श्रेष्ठले मानव बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्नका लागि हाम्रो भुमिका विषयमा कार्यशाला प्रस्तुतिकरण गरिन् । मानव बेचबिखनमा परेकाहरुलाई कसरी सहयोग गर्ने भन्ने विषयमा ५ वटा समूह बनाई छलफल गरिएको थियो ।

छलफलमा आएका सवालको सम्बोधन गर्दै सुनिता फाउन्डेसनकी प्रबन्ध निर्देशक स्वस्तिका दनुवारले आगामी कार्यक्रमहरुमा सचेतनाको साथै विभिन्न सम्बन्धित निकायसँग जोडिएर थप सशक्त बनाउने लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan