हेटौंडा– सत्यम् जेभियर्स माध्यमिक विद्यालय, हेटौँडा( ४ मा वडा स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा उपमाहानगरपालिका वडा नम्बर ४ को आयोजना, शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा– ४ को संयोजकत्व एवम् सत्यम् जेभियर्स माविको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपालको सन्दर्भमा विश्वव्यापीकरण वरदान कि अभिसापझ विषयक वादविवाद प्रतियोगितामा सत्यम् जेभियर्स माध्यमिक विद्यालयकी सुरुचि तिमल्सिना प्रथम, ब्रह्मदिक एकेडेमीकी स्तुति गुरागाईं द्वितीय र नवोदय शिशु सदनकी शिक्षा भुषाल तृतीय भएका छन् ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं। ४ भित्रका ६ वटा विद्यालयहरुबाट १२ जना विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा– ४ का अध्यक्ष श्रीराम दहालले यस्ता कार्यक्रमहरुले विद्यार्थीको सिर्जनशीलता तथा व्यक्तित्व विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।