हेटाैंडा- बागमती प्रदेश सरकार खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्रालय र विषयगत कार्यालयहरुले आर्थिक वर्ष २०८१/०८२ काे ६ महिनामा ३० प्रतिशत भाैतिक प्रगति गरेकाे छ । साेमबार मन्त्रालयले अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेकाे हाे ।
विषयगत कार्यालयहरुमार्फत कार्यान्वयन गर्ने गरी चालू वर्षमा ६ अर्ब ९१ कराेड रुपैयाँ बजेट विनियाेजन गरिएकाेमा पुस मसान्तसम्ममा ७९ कराेड ३९ लाख रुपैयाँ खर्च भएकाे छ । जसमा भाैतिकतर्फ ३० दशमलव ०३ प्रतिशत प्रगति भएकाेमा वित्तीयतर्फ ११ दशमलव ४८ प्रतिशत खर्च भएकाे छ ।
मन्त्रालय र मातहतकाे कार्यालयहरुमार्फत पुँजीगत खर्च भने १० दशमलव ०५ प्रतिशत मात्र छ । संघ र प्रदेशबाट कुल ६ अर्ब ५१ कराेड रुपैयाँ विनियाेजन गरिएकाेमा ६ महिनाकाे अवधिमा ६५ कराेड ४६ लाख रुपैयाँ खर्च भएकाे मन्त्रालयले जनाएकाे छ । कार्यक्रममा
प्रदेशको सबै जिल्लाका जलस्रोत तथा सिञ्चाइ विकास डिभिजनका डिभिजन प्रमुखहरुले विवरण प्रस्तुत गरेका थिए । खानेपानी उर्जा तथा सिञ्चाई सचिव मोहन कुमार शाक्यको सभाध्यक्षतामा भएकाे कार्यक्रममा खानेपानी उर्जा तथा सिचाइ मन्त्री श्याम कुमार खड्काको प्रमुख आतिथ्यता रहेको थियाे ।

