Search
Close this search box.

हेटौंडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुँदै

हेटौंडा – हेटौंडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ । मंगलबार निर्माण व्यवसायी संघ तथा नेपाल निर्माण व्यवसायी महासंघ मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी फागुन ६ गतेदेखि १८ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएका हो ।

निर्माण सामाग्री उद्योगी, बिक्रेता र उपयोगकर्ता बिच समन्वयन गराउने, उत्पादित वस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरु बिच समस्या, अवसर र चुनौतिबारे अन्तरक्रिया गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको संघका अध्यक्ष बालगोपाल कँडेलले बताए ।

महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्री लगायत स्थानीय उत्पादन गरि ३ सय ५० वटा स्टलहरु रहने र स्थानीय स्टललाई ५० प्रतिशतसम्म शुल्क छुट दिईने संघले जनाएको छ ।

यसैगरी, महोत्सवमा गायन क्षेत्रको आइडल र मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति रहने छन् । महोत्सवमा जिल्ला बाहिरका १ सय बढी स्टलहरु रहने अनुमान गरिएको छ । साथै १ करोड ३ लाख कुल लागतमा महोत्सव सम्पन्न हुँदा १ करोड १७ लाख रुपैँया आम्दानी हुने संघको अनुमान गरिएको छ ।

महोत्सव तथा प्रदर्शनीले निर्माण व्यवसायसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुर्याउने लक्ष्य संघको छ ।
संघले यसअघि २०७१ सालमा पहिलो पटक निर्माण तथा व्यापार महोत्सवको आयोजना गरेको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan