Search
Close this search box.

जनप्रियले सहिदलाई सम्झियो वक्तृत्वकला मार्फत

जनप्रिय माध्यमिक विद्यालयले सहिद दिवस सप्ताहको अवशर पारेर आज अन्तर विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शिक्षा विकास महाशाखा हेटौंडा उपमहानगरको पूर्व सूचना बमोजिम सहिद दिवसको महत्व विषयक वक्तृत्वकला कार्यक्रम आयोजना गरेको हो ।

विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाई को अध्यक्षतामा सम्पन्न वक्तृत्वकलामा निवर्तमान प्रधानाध्यापक नमराज अर्यालले कार्यक्रम संयोजन गरेका थिए । कार्यक्रममा अंग्रेजी तथा नेपाली माध्यमका कक्षा ८ देखि १० का विद्यार्थीले सहभागिता जनाएका थिए ।

वक्तृत्वकलामा प्रथम द्धितीय र तृतीय क्रमश: अंग्रेजी माध्यम कक्षा ९ मा अध्ययनरत सम्वृद्धि गौतम, नेपाली माध्यम कक्षा ९ मा अध्ययनरत सानीया राई, अंग्रेजी माध्यम कक्षा ९ बाट कौस्तुभ सुवेदी र नेपाली माध्यम कक्षा ८ बाट प्रतीक्षा लामा भएका छन् । त्यसैगरी अनिष प्रजा, अञ्जली यादव, आयूष तामाङ्ग र समीक्षा थापा सान्त्वना हुन सफल भएका छन् ।

शिक्षकहरु अनिता तिमल्सिना र सुनिल गौतमले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रममा जनप्रिय अतिरिक्त क्रियाकलाप तथा सास्कृतिक विभाग प्रमुख युक्तलाल विश्वकर्मा,गोपाल घिमिरे, घनश्याम ढकाल, सकल रिजाल लगायतको उपस्थिति रहेको थियो । विद्यार्थीहरु आकृषा गौतमले सञ्चालन गरेको कार्यक्रममा सलिना बलामीले समय सूचकको भूमिका निर्वाह गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

जनप्रियले सहिदलाई सम्झियो वक्तृत्वकला मार्फत

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

जनप्रियले सहिदलाई सम्झियो वक्तृत्वकला मार्फत

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

जनप्रियले सहिदलाई सम्झियो वक्तृत्वकला मार्फत

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

जनप्रियले सहिदलाई सम्झियो वक्तृत्वकला मार्फत

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

जनप्रियले सहिदलाई सम्झियो वक्तृत्वकला मार्फत

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

जनप्रियले सहिदलाई सम्झियो वक्तृत्वकला मार्फत

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

जनप्रियले सहिदलाई सम्झियो वक्तृत्वकला मार्फत

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

जनप्रियले सहिदलाई सम्झियो वक्तृत्वकला मार्फत

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan