Search
Close this search box.

बागमती प्रदेशको  २ लाख ९८ हजार छात्रालाई एचपिभी खाेप लगाइँदै

हेटाैंडा- बागमती प्रदेशमा करिब ३ लाख जना छात्रालाई  पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) निशुल्क लगाइने भएको छ । मंगलबार बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको  खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसंगको अन्तर्किया कार्यक्रममा खोप अभियान बारे जानकारी  दिइएको हो ।

देशव्यापी अभियानका रुपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २२ गते क्यान्सर दिवसको दिन सुरु भएर  फागुन ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य निर्देशनालयका उत्तम प्याकुरेलले जानकारी दिए। उनका अनुसार  कक्षा ६ देखि कक्षा १० सम्मका १० देखि १४ वर्ष उमेर समुहका छात्रालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिने छ ।  विद्यालय जाने कक्षा ६ देखि १० सम्मका  छात्रालाई विद्यालयमै र विद्यालय नजाने  छात्राहरुलाई खोप केन्द्रबाट खोप लगाइने तयारी गरिएको गरिएको छ ।

खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउन समेत आग्रह गरिएको छ । १७ गतेसम्म सबै जिल्लामा पुगिसक्ने र विद्यालय नजानेका लागि अभियानको अन्तिम दिन स्वास्थ्य केन्द्रमै खोप लगाइने जानकारी दिइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan