हेटाैंडा- आउदो माघ १९ गते हेटौंडामा निसन्तान (बाझोपन)को समस्या रहेको दम्पतीको निःशुल्क परिक्षण गरिने भएको छ । सेवा सहयोग र आवाजमा हामी संस्थाको आयोजना तथा प्यासिफिक अस्पताल कुपोन्डोल ललितपुरको सहकार्यमा उक्त शिविर हुन लागेको हो ।
हेटौंडामा रहेको ‘सेवा सहयोग र आवाजमा हामी’ नामक संस्थाले राप्ती रोडस्थित रामजानकी मेडिकल हलमा निशुल्क परिक्षण गर्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत संस्थाका अध्यक्ष विशालराज महतले जानकारी दिए ।
जटिल र नकारात्मक असरका रूपमा वृद्धि भइरहेको निशन्तानको समस्याले बिकरालरुप लिइरहेको हुँदा विशेषज्ञ डाक्टरहरुद्वारा नि:शुल्क परामर्श र परिक्षण कार्य अघि सारिएको महतले बताए ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको उक्त परिक्षण शिविरमा विशेषज्ञ डाक्टर ज्वाला थापाद्वारा चेकजाँच गरिने छ ।
उक्त शिविर बिहान ९ बजेदेखि ५ बजेसम्म हुने जानकारी दिइएको छ ।

