Search
Close this search box.

एकल महिला समूहले गर्याे तनावमुक्त छलफल

हेटाैंडा- मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरको तनाव मुक्त छलफल तथा रमाइलो बनभोज कार्यक्रम भएको छ। एकल महिला समूह मकवानपुरको आयोजनामा बुधबार हेटौंडा -२ स्थित बनस्खण्डीको हलमा उक्त कार्यक्रम भएको हो ।

एकल महिला समूहको  प्रदेश अधिकृत अप्सरा अर्यालले तनावबाट कसरी मुक्त हुने भन्ने विषयमा प्रस्तुतीकरण दिएकी थिइन् । एकल महिलालाई घरव्यवहारको कारण पनि तनाव  हुने गर्छ तर हिजोको र भोलिको कुरालाई हेरेर दुखी हुनु भन्दा पनि आज कसरी रमाउने भन्ने कुरा लिएर अगाडि बढे तनाव मुक्त रहन सकिने उनको भनाइ थियो ।

समुहकी अध्यक्ष शारदा चाैलागाईंले महिला भन्ने बितिकै पीडित हुन्छन् भने त्यसमा पनि  एकल महिला सामाजिक र घरायसी  रुपमै पिडित हुने गरेको  बताइन् । एकल महिलालाई समाजमा लगाइने लाल्छनाको कारण पनि कति महिला पीडित हुने गरेको उनको भनाइ थियो ।

महिलालाई छोरी बुहारी हुँदै गर्दा लक्षमीको रुपमा हेरिन्छ भने एकल हुने बितिकै तिरस्कार र बोक्सीको आरोप समेत लगाउने गरिएको कारण पनि पिडित हुने बताउँदै  यी सबै कुराबाट तनाव  मुक्त हुन हामी एकल महिलाहरु एक ढिक्का भइ डटेर अगाडी बढ्नु पर्ने उनको भनाइ थियो ।

हेटौंडा उपमहानगरपालिका महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु लामिछाने,
गैसस अध्यक्ष रमिला सापकोटा उपस्थिति रहेको उक्त कार्यक्रममा एकल महिला समुहमा आवद्ध लगभग ३ सय जनाको उपस्थिति रहेको थियो।
महिलाहरुले एकल हुनुको पीडा गित, कविता मार्फत पोखेका थिए।
२०७६ सालमा स्थापना भएको उक्त संस्थामा हेटौंडा उपमहानगरपालिका भित्रका ६ सय एकल महिलाहरु  आवद्ध छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan