Search
Close this search box.

नवनिर्वाचित शिक्षक संगठनकाे आयाेजनामा दाैड र स्लाे स्कुटी रेस

हेटौँडा–४ नम्बर वडाको आयोजनामा सहिद दिवशको अवसर पारी महिला शिक्षकको स्लो स्कुटी रेस र पुरुष शिक्षकतर्फ दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा दुबै प्रतियोगिता भएको हो ।

स्लो स्कुटी रेस तर्फ सिर्जना थिङ प्रथम भएकी छन् भने एन्जिला रिजाल द्वितीय, सरस्वती अधिकारी तृतीय र श्रद्धा शर्मा सान्त्वना भएका हुन् । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र चौथो हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका थिए । ७५ जना महिला शिक्षकहरुले सहभागिता जनाएको प्रतियोगितामा हुप्राचौर भित्र सय मिटर स्लो स्कुटी रेस भएको हो ।

मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीमा रहेको भानु माध्यामिक विद्यालयका शिक्षक मुकेश चौलागाई प्रथम भएका जिल्लास्तरीय पुरुष शिक्षक दौड प्रतियोगितामा भानु माविकै दुर्लभ कुमार दुलाल द्वितीय भएका हुन् त्यसैगरी, राक्सिराङको श्री आधारभूत विद्यालयका खड्ग बहादुर थिङ तृतीय भएका छन् भने हेटौंडा–३ मा रहेको बाल उज्ज्वल माविका रामशरण दहाल चौथो र भानु माविका मनमोहन देवकोटा सान्त्वना भएका हुन् । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय, चौथो र सान्त्वना हुनेले क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए। शितलमहल चोकबाट सुरु भएर भैरव रोड, पशुपति मन्दिर, हुँदै पुन: शितल महल चोकमा आएर समाप्त भएको शिक्षक दौडतर्फ तिन किलो मिटर दौड प्रतियोगिता भएको हो ।

बागमती प्रदेशका प्रथम मुख्य मन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतमा सम्पन्न प्रतियोगितामा हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्यता रहेको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष मुकुन्द न्यौपानेको सभाध्यक्षता रहेको कार्यक्रममा पेशागत महासंघ मकवानपुरका जिल्ला अध्यक्ष एवम् नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय महाधिवेशन प्रतिनिधि श्रीराम दाहालको विशेष आतिथ्यता रहेको संगठन जिल्ला सचिव गोपिरमण प्याकुरेलले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan