Search
Close this search box.

शैक्षिक सहयाेग अक्षयकाेषमा सिआनकाे २० हजार सहयाेग

हेटौंडा- सिआन पुनर्स्थापना केन्द्रले २० हजार ३ सय सहयोग गरी शैक्षिक सहयोग अक्षयकोष स्थापनाको संस्थागत सदस्य बनेको छ । २०७६ सालमा स्थापना भएको उक्त संस्थाको आइतबार एक कार्यक्रमका बीच २० हजार ३ सय सहयोग गरि संस्थागत सदस्य बनेको हो ।

शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरका अध्यक्ष रघु खुलाललाई सिआनका संयोजक सौजन डिसिले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

निम्न वर्गीय परिवारका बालबालिकालाई शिक्षाबाट बन्चित नहुन भन्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको अध्यक्ष खुलाले जानकारी दिएका छन् ।

उक्त संस्थामा हालसम्म १५ लाख जम्मा भएको कोषमा २०८० पौष मसान्तसम्म संस्थागत २०, विशिष्ट ९, आजिवन ७६ र साधारण १५ गरि जम्मा १२० सदस्य रहेको अध्यक्ष खुलालले जानकारी दिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan