Search
Close this search box.

सिद्धार्थ माविको ४९औं वार्षिकोत्सव :शिक्षक, विद्यार्थी देखि अभिभावकलाई सम्मान

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र अभिभावक समेतलाई सम्मान गरिएको छ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो क्रममा सिद्धार्थ माविकी ५ जना शिक्षकलाई उत्कृष्ट शिक्षकको रुपमा नगद सहित सम्मान गरिएको छ। विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाई, रोशन शाह, सुनिल शिवाकोटी, सुरुची रेग्मीलाई नगद ५ हजार र प्रशंसापत्रले सम्मान गरिएको हो। विद्यालयकी कर्मचारी सपना लामालाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो भने सबै भन्दी बढी उपस्थित हुने शिक्षकहरु सुप्रिया चौलागाई र शोभा तिम्सिनालाई समेत सम्मान गरिएको थियो। विद्यालयको भवन निर्माणका लागि योग्दान पुयाएको भन्दै छात्रलाई समेत पुरस्कृत गरिएको थियो।मकवानपुर निवर्तमान क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्यायलाई पनि सम्मान गरिएको थियो।
त्यसैगरी कार्यक्रममा २०८० सालको एसईई परीक्षा र आधारभूत तहमा ए प्लस अङ्क प्राप्त भएका र सतप्रतिशत नजिता प्राप्त भएका विषयका विषय शिक्षकहरू समेत सम्मान गरिएको थियो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले हेटौंडा नगर र जिल्लाकै शैक्षिक प्रगतिका लागि सिद्धार्थ माविले खेलेको भूमिकाको प्रशंसा गरेकी थिइन्।
कार्यक्रममा बिशिष्ट अतिथि रहेको राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा संयोजक तथा हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइराला,हेटौंडा २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, विद्यालयका निवर्तमान अध्यक्ष मधु बजगाइ, निवर्तमान प्रअ मोहन प्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा उत्कृष्ट २ जना अभिभावकलाई सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०८०को वार्षिक परीक्षा मा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। त्यसैगरी अनुशासित, बढी हाजिर हुने एक छात्रा र एक छात्रलाई समेत पुरस्कृत गरिएको थियो ।त्यसैगरी रामेश्वर। रविवदन छात्रवृत्तिबाट कक्षा १ देखी ५ सम्मका ५ जना विद्यार्थी, रेन्छेन घिसिङ स्मृति छात्रवृत्ति बाट कक्षा ८ का दुई विद्यार्थी र सौरव। गौरव छात्रवृत्तिबाट कक्षा ११ मा उत्कृष्ट जिपिए ल्याउने एक छात्रा र छात्रालाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा २ हजार बढी विद्यार्थी अध्ययनरत छन्।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सिद्धार्थ माविको ४९औं वार्षिकोत्सव :शिक्षक, विद्यार्थी देखि अभिभावकलाई सम्मान

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

सिद्धार्थ माविको ४९औं वार्षिकोत्सव :शिक्षक, विद्यार्थी देखि अभिभावकलाई सम्मान

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

सिद्धार्थ माविको ४९औं वार्षिकोत्सव :शिक्षक, विद्यार्थी देखि अभिभावकलाई सम्मान

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

सिद्धार्थ माविको ४९औं वार्षिकोत्सव :शिक्षक, विद्यार्थी देखि अभिभावकलाई सम्मान

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

सिद्धार्थ माविको ४९औं वार्षिकोत्सव :शिक्षक, विद्यार्थी देखि अभिभावकलाई सम्मान

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

सिद्धार्थ माविको ४९औं वार्षिकोत्सव :शिक्षक, विद्यार्थी देखि अभिभावकलाई सम्मान

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

सिद्धार्थ माविको ४९औं वार्षिकोत्सव :शिक्षक, विद्यार्थी देखि अभिभावकलाई सम्मान

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

सिद्धार्थ माविको ४९औं वार्षिकोत्सव :शिक्षक, विद्यार्थी देखि अभिभावकलाई सम्मान

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan