Search
Close this search box.

कैलाश गाउँपालिकामा अध्यक्ष कप फुटबल सुरु

कैलाश – मकवानपुरको कैलाश गाउँपालिकामा आज बुधबारबाट पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता र उपाध्यक्ष बालकुमार मल्लको विशेष आतिथ्यतामा प्रतियोगिता गरिएको थियो ।
वडा नम्बर ९ नामटारमा अवस्थित खेलमैदानमा भएको उद्घाटन खेल वडा नम्बर वडा नम्बर १ र ७ बीच भएको थियो । खेलमा वडा ७ ले २-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको पाँच मिनेटमा वडा ७ का सन्तोष मुक्तानले पहिलो गोल गरेका थिए । दोस्रो हाफको १९ औँ मिनेटमा सागर चेपाङले एक गोल थप गरेका थिए । वडा १ को तर्फबाट भने शिशिर नेगीले थप गरेको २ मिनेट(२५+२) मा एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच वडा ७ का सागर चेपाङ घोषित भए । उनलाई गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले ट्रफि प्रदान गरेका थिए ।
बुधबारै भएको दोस्रो खेलमा वडा ४ पेलान्टी सुट आउटबाट विजयी भएको छ । निर्धारित समयमा १-१ गोल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेको थियो । सुट आउटमा वडा ४ ले ५ गोल गरेको थियो भने वडा २ ले ४ गोल गरेको समितिका सदस्य रवीन्द्र थिङले बताए । उक्त खेलको म्यान अफ द म्याच वडा ४ का गोलरक्षक सबल प्रजा घोषित भए ।
नकआउट चरणमा खेलाईएको खेलमा विहीबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल वडा १० र ६ बीच हुनेछ भने दोस्रो खेल वडा ५ र ३ बीच हुने आयोजकले जनाएको छ । तेस्रो खेल वडा ७ र ९ बीच र चौथो खेल वडा ४ र ८ बीच हुने समितिका संयोजक मोहन वाईवाले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा ३ का अध्यक्ष देवलाल बल, वडा ७ का अध्यक्ष उदास कुमार भोलन, वडा ९ का अध्यक्ष भुवन घलान लगायतको अतिथ्यता रहेको थियो ।

मैत्रीपूर्ण खेलमा कैलाश विजयी

कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा कार्यरत कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कैलाश गाउँपालिका विजयी भएको छ । कैलाश गाउँपालिकाको आयोजनामा भएको खेलमा १-० गोल अन्तरले कैलाश विजयी भएको हो । कैलाशका रोजगार संयोजक हस्तराम नेगी गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।
उनले थ्रो मार्फत मैदानमा फालिएको बल गोल हुन पुगेको थियो ।
विजेतालाई ट्रफि र मेडल, उपविजेतालाई मेडल प्रदान गरिएको थियो । मैत्रीपूर्ण फुटबलमा खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता गराइएको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, मकवानपुरगढीका वरिष्ठ लेखा अधिकृत रामकृष्ण श्रेष्ठको नेतृत्वमा पालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

कैलाश गाउँपालिकामा अध्यक्ष कप फुटबल सुरु

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

कैलाश गाउँपालिकामा अध्यक्ष कप फुटबल सुरु

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

कैलाश गाउँपालिकामा अध्यक्ष कप फुटबल सुरु

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

कैलाश गाउँपालिकामा अध्यक्ष कप फुटबल सुरु

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

कैलाश गाउँपालिकामा अध्यक्ष कप फुटबल सुरु

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

कैलाश गाउँपालिकामा अध्यक्ष कप फुटबल सुरु

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

कैलाश गाउँपालिकामा अध्यक्ष कप फुटबल सुरु

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

कैलाश गाउँपालिकामा अध्यक्ष कप फुटबल सुरु

मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan