Search
Close this search box.

वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन

सुर्खेतको भेरीगंगा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।

क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा उपचाररत रहेको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । नगर प्रमुख ढकालका अनुसार भारतबाट शव ल्याउन प्रक्रियामा रहेको बताए ।

उनले आफूले परियारलाई भेटेर आएको बताए । उनका अनुसार अन्दाजी ५० वर्षीया आग्री मिर्गौला रोग सम्बन्धी पीडित थिए । आग्री नेपाली कांग्रेस वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan