Search
Close this search box.

भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुँदै



हेटौंडा –  १० औं संस्करणको ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको भएको छ । हेटौँडा भेट्रान्स कपको आयोजना फागुन २२ गतेदेखि २६ गते सम्म हेटौंडा-४ हुप्राचौरमा  फुटबल प्रतियोगिता हुन लागेको आइतबार पत्रकार सम्मेलन मार्फत  क्लबका अध्यक्ष रमेश कुमार उप्रेतीले जानकारी दिए।

स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका ४५ वर्ष माथि उमेर समूह बिच हुने प्रतियोगितामा देशैभरका १६ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहने उप्रेतीले जानकारी दिए । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।  यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी दिइएको छ। 

प्रतियोगितामा मुख्य सहयोगीका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको छ भने हेटौडा स्कुल म्यानेजमेन्टलगायत विभिन्न पालिकाहरू, वडा कार्यालयहरु, संघ संस्था तथा समाजसेवी, फुटबल खेलप्रेमीहरुको साथ सहयोग रहने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गराउन अनुमानित १२ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan