Search
Close this search box.

विभेद र विकृति हटाउन कलाकाे प्रवर्द्वन गराैँ: वडा अध्यक्ष सिग्देल


हेटाैँडा- कला र साँस्कृतिककाे प्रवर्द्वनबाट समाजमा रहेकाे विभेद र विकृति हटाउन समाजमा चेतना फैलाउन सकिने हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताए । ४ नं. वडा कार्यालयकाे आयाेजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियाेकाे व्यवस्थापनमा शुरू भएकाे सामाजिक रूपान्तरणकाे लागि सचेतनामूलक उपमहानगरस्तरीय प्रथम सडक नाटक प्रतियाेगिताकाे नवाेदय शिशु सदन, हेटाैँडा-४ मा उद्घाटन गर्दै उहाँले विध्यालयबाट नै विध्यार्थीहरूलाई कला र साँस्कृतिसंग जाेड्न सके दक्ष र उकृष्ट कलाकारकाे समेत उत्पादन गर्न सकिने र समाजमा विध्यमान विकृति, विसंगति, कुरिति, कुसंस्कार अन्धविश्वास, मानवीय हिँसालाई हटाउन सकिनेमा जाेड दिए।
पहिलाे प्रतियाेगितामा ज्ञानाेदय बालबाटिका आवासिय मावि हेटाैँडा-५ का समूहले महिला हिँसा विरूद्व सचेतनामूलक रक्ताम्मे मेराे शरीर नामक नाटक र १८ नं. वडा बाल सञ्जालले लागू औषध दुर्व्यसनीविरूद्व चेतना मूलक नाटक प्रस्तुत गरेका थिए । प्रतियाेगितामा नगरभरीकाे १२ वटा समूह रहेकाे प्रतियाेगिता फागुन २३ गतेसम्म सञ्चालन हुने नाट्यकर्मी आशाकाजी श्रेष्ठले बताए।
कार्यक्रममा टाेल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा-४ का संयाेजक श्रीराम दाहाल, महिला जागरण समूहका अध्यक्ष राधिका चाैलागाई, नवाेदय शिशु सदनका निर्देशक दीपेश जाेशी, राष्ट्रिय जनसाँस्कृतिक मञ्चका अध्यक्ष राजुराम राउत, सिस्नुपानी नेपालका अजर फुँयालकाे विशेष उपस्थिति रहेकाे थियाे भने बाल सञ्जाल, नवाेदय शिशु सदनकी उपाध्यक्ष एनि घलेकाे अध्यक्षतामा प्रतियाेगिता भएकाे हाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan