Search
Close this search box.

माइक्रो दुर्घटना हुदाँ १ जनाको मृत्यु, १४ घाइते

गोरखामा मनकामना मन्दिर दर्शनार्थी सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान करिब साढे ११ बजे ईभी माइक्रो बस शहीद लखन गाउँपालिका–३ अन्तर्गत आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु र अन्य १४ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan