Search
Close this search box.

समावेशी महिला नेतृत्व, अवसर र चुनौती सम्बन्धि अन्तरक्रिया


हेटौंडा । हेटौंडामा समावेशी महिला नेतृत्व, अवसर र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ” सबै महिता तथा बालबालिकाको लागी; अधिकार, समानता र सशक्तीकरण” भन्ने नाराको साथ उक्त कार्यक्रम भएको हो।

गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुरतथा राष्ट्रिय अपांग महासंघ नेपालको सयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो।

उपसभामुख अप्सरा चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गैरसरकारी संस्थाकि अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षता रहेको थियो।

अधिवक्ता अप्सरा बस्नेतले समावेशी महिला नेतृत्व; अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
। समावेशीकरण सम्बन्धि संवैधानिक तथा कानुन सम्बन्धि व्यवस्था र महिलालाई नेतृत्वमा अवसर र चुनौती केके छन् भन्ने विषयमा प्रस्तुतीकरण मार्फत प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा मानव अधिकार आयोग प्रमुख पवन भट्ट, जिल्ला समन्वय अधिकारी शान्ति बि.क., हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विष्णु कुमारी लामिछाने ,मानव अधिकार संजाल संयोजक आरती पाठक, सामाजिक अभियानता अर्पण पराजुलीलगायत मानव अधिकारको छेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको सहभागी थियो।

  कार्यक्रमका बीच सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरका अध्यक्ष डा.अर्पण पराजुलीले Sikkim Professional University, Sikkim बाट “Participation of Public and Private Sector to manage Homeless People in Nepal” बिषयमा पि एच.डि (विध्यावारिधी) उपाधी हासिल गरि विद्वता, सीप र अनुभव समाज रुपान्तरणमा सदुपयोग हुने अपेक्षा सहित प्रशंसापत्र प्रदान गरिएको थियो।
                            

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan