Search
Close this search box.

हेटौँडा भेट्रान्स कपमा फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भकाएछन् । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूह बिच खेल भइरहेको छ । हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो खेलमा फ्रिडम फाइटर ठमेल विजयी भएको छ । फ्रिडमले चितवन भेट्रान्सलाई दुई शून्य गोल अन्तरले पराजित गर्न सफल भएको छ । खेलको दोस्रो हाफको ४२ औ मिनेटमा फ्रिडमका तर्फबाट राजकुमार केसीले एक गोल र ४९ औ मिनेटमा कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई विजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच फ्रिडम फाइटर भेट्रान्सका खेलाडी राजकुमार केसी घोषित भएका थिए ।

दोस्रो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । नागस्वतीले सिमरा भेट्रान्सलाई तिन शून्य गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । नागस्वतीको तर्फबाट खेलको छैटौँ मिनेटमा र १९ औँ मिनेटमा निमा लामाले दुई गोल गरेका थिए भने १० औ मिनेटमा प्रकाश राना मगरले एक गोल गर्दै समूहलाई विजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका खेलाडी निमा लामा घोषित भएका थिए ।

यस्तै तेस्रो खेलमा बगर भाईखलक पोखरा विजयी भएको छ । खेलको दशौँ मिनेटमा बागरभाइको तर्फबाट राजकुमार तामाङले एक गोल गरेका थिए भने एनजेजे भिसी भेट्रान्सको तर्फबाट खेलको २९ औ मिनेटमा दिलकुमार कार्कीले एक गोल गरेका थिए । निर्धारित समयमा दुबै समुहबाट एक एक गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा बगरभाईले चार तिन गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच बगर भाईखलकका खेलाडी हिमाल थापा घोषित भएका थिए ।

यस्तै आजको चौथो खेल किङकम भेट्रान्स काठमाडौँ र बुटवल भेट्रान्स बिच हुने तालिका रहे पनि प्राविधिक कारण बुटवल भेट्रान्स अनुपस्थित भएपछि किङकम भेट्रान्स विजयी भएको छ । प्रतियोगितामा शनिवार चार क्वाटर फाइनलका खेलहरू हुने प्रतियोगीताका संयोजक मणिराज गौतमले बताए । शनिवार पहिलो खेल दिउसो १ बजे बानेश्वर भेट्रान्स र एबिसि भेट्रान्स बिच हुनेछ भने दोस्रो खेल बगर भाईखलक पोखरा र किङकम भेट्रान्स बिच दिउसो २ बजे हुने तालिका रहेको छ । यस्तै तेस्रो क्वाटर फाइनल खेल फ्रिडम फाइटर र नागस्वती भेट्रान्स बिच दिउसो ३ बजे हुने तालिका रहेको छ । यसै गरी चौथो खेल आयोजक हेटौडा भेट्रान्स र बौद्ध भेट्रान्स बिच हुनेछ ।

मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको यस प्रतियोगितामा सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौँडा भेट्रान्स कपमा फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

हेटौँडा भेट्रान्स कपमा फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

हेटौँडा भेट्रान्स कपमा फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

हेटौँडा भेट्रान्स कपमा फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

हेटौँडा भेट्रान्स कपमा फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

हेटौँडा भेट्रान्स कपमा फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

हेटौँडा भेट्रान्स कपमा फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

हेटौँडा भेट्रान्स कपमा फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

मकवानपुरका पूर्वाधार योजनामा पुन गति, मन्त्री देवकोटाद्वारा अनुगमन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan