Search
Close this search box.

हैजाले दुई हप्तामै ९२ जनाको मृत्यु

गैरसरकारी चिकित्सा सहायता समूह–डक्टर्स विदाउट बोडर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट दुई हप्तामै कम्तीमा ९२ जनाको मृत्यु भएको जनाएको छ ।

फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका थिए ।

पानीजन्य रोग हैजाको लहर फेब्रुअरी १६ मा उम–दबाकिर पावर स्टेसनमा र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को प्रक्षेपणपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको एमएसएफले जनाएको छ । उक्त प्रक्षेपणपछि मानिसहरु राज्य प्रणालीबाट वितरित पानीबाट बञ्चित भएको र अन्यत्र स्रोतबाट उपलब्ध पानीको प्रयोग एवं सेवन गरेका कारण हैजा फेलिएको बताइएको छ ।

गत मंगलबारसम्म सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि देशमा हैजाका घटनाहरूको संख्या ५७ हजार १३५ पुगेको जनाएको छ । जसमा १ हजार ५०६ जनाको मृत्यु भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan