Search
Close this search box.

नवसर्जकको ३२ ओैँ मासिक शृङ्खला

हेटौंडा– नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले भर्चुअल माध्यमबाट शनिबार ३२ ओैँ नवसर्जक मासिक शृङ्खला सम्पन्न गरेको छ । नवनिर्वाचित समितिका सदस्यहरुको रचना वाचन एवम् पुस्तक परिचर्चा कार्यक्रम गरी शृङ्खलालाई निरन्तरता दिएको हो । कार्यक्रम चौतारीकी केन्द्रीय अध्यक्ष कृतिका लौडारीको सभाअध्यक्षता तथा अग्रज बालसाहित्य, लोकसाहित्यकार समालोचक प्रा.डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लामिछानेले नवगठित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिँदै आवश्यक परेको खण्डमा जुनसुकै समयमा पनि सहयोग गर्ने तथा उपस्थिति रहने बताउँदै आफ्नो कविता वाचन गरे । कार्यक्रममा नवसर्जकहरु प्रविना प्रयासी (ओखलढुङ्गा), रचना भण्डारी (मकवानपुर), सुरक्षा गौतम (बागलुङ), रौनक शाह (मकवानपुर), रोशन गड्तौला (तेह्रथुम), प्रतिमा पौडेल (महोत्तरी), पोना हाङ्मा लोबा (पाँचथर), स्वस्तिका दाहाल (मकवानपुर) अनसूया खनाल (मकवानपुर), वसन्ती अधिकारी (स्याङ्जा) सन्तोष बराल (कैलाली) , सिर्जना खनाल (स्याङ्जा), स्वस्तिका दाहाल (मकवानपुर) र कृतिका लौडारी (मकवानपुर) ले रचना वाचन गरेका थिए । साथै कोपिल अगस्त्य )कपिलवस्तु) ले दीपक गौतमको कृति ‘विसङ्गत वर्तमान’ (मुक्तक सङ्ग्रह) को समीक्षा गरेका थिए ।

चौतारीकी महासचिव स्वस्तिका दाहालको सहजीकरण तथा उपाध्यक्ष एवम् कोशी प्रदेश संयोजक पोना हाङ्मा लोबाको स्वागत मन्तव्यका साथ सञ्चालित कार्यक्रममा संस्थाका परिकल्पनाकार तथा संरक्षक दीपक गौतमले संस्थाको परिचय तथा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामनाका साथ सुझाव दिँदै आफूले सकेको सहयोग गर्ने बेहोरा प्रस्तुत गर्दै गजलसमेत वाचन गरे । सल्लाहकार रमेशमोहन अधिकारीले कार्यक्रमको विषयमा सल्लाह सुझाव दिँदै आफ्नो कविता प्रस्तुत गरे । अर्का सल्लाहकार डि।बी। बर्तौलाले पनि नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आफ्नो मुक्तक वाचन गरेका थिए । चौतारीले हरेक महिनाको चौथो शनिबार नियमित मासिक शृङ्खला गर्दै आएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan