Search
Close this search box.

राप्ती खोलामा डुबेर किशोरको मृत्यु


हेटौंडा । हेटौंडा-१ राप्ती खोलामा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा-५ पिप्ले बस्ने वर्ष १७ वर्षको किशोर रहेको जिल्ला प्रहरी कार्यालय । मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार,आइतबार अन्दाजी १:३५ बजेको समयमा हेटौडा- १ स्थित राप्ती खोलाको कोरे ढुङगा नजिक अन्य २ जना १७/१७ बर्षका साथीहरुसंग नुहाउने क्रममा अचानक पानीमा डुबी बेहोस भएका थिए।

प्रहरी टोली खटि उद्दार गरी उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा २:१० बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेका थिए।

शव अस्पतालमा रहेको र थप अनुसन्धान तथा मुचुल्का कार्यको लागी अनुसन्धान टोली खटिएको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan