Search
Close this search box.

नागरिकले महसुस गर्ने गरी सेवा दिइने


हेटौंडा।मकवानपुर जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेकी स्कीम श्रेष्ठले जिल्ला प्रशासन मकवानपुरले नागरिकले महसुस गर्ने गरी सेवा उपलब्ध गराउने बताएकी छन् ।
फागुन १५ देखि प्रमुख जिल्ला अधिकारी मकवानपुरको जिम्मेवारी सम्हालेकी श्रेष्ठले आइतबार जिल्लाका सञ्चारकर्मीहरुसंग परिचयात्मक कार्यक्रम गर्दै सञ्चारकर्मीहरुलाई सही सूचना सम्प्रेषण गरी जिल्ला प्रशासनको कामकारबाहीमा सघाउनसमेत अनुरोध गरेकी हुन् । हाम्रो ध्यान पुर्‍याउन र हामीलाई जिम्मेवार बनाउन यहाँहरुको कलम चल्नेछ भन्ने हाम्रो अपेक्षा हो । सत्‌प्रतिशत सही सूचनामात्र सम्प्रेषण गर्नुहोस्,’ उनले भनिन् ।
प्रशासनका गतिविधिलाई खबरदारी गर्न र भएका उपलब्धिलाई सही सूचनाका माध्यमबाट जनतासमक्ष पुर्‍याउन श्रेष्ठले आग्रह गरेकी छन् । कार्यक्रममा सञ्चारकर्मीहरुले लागुऔषध दुर्व्यसन न्यूनीकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियम उलंघन, खानीदोहन, यौनजन्य धन्दाको विकृतिलगायत विषयमा प्रजिअ श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । यस अघिका सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकाल सहसचिवमा बढुवा भएर मन्त्रालय पदस्थापित भएपछि राजेन्द्रप्रसाद कडेलले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan