Search
Close this search box.

हेटौडा भेट्रान्स कपकाे फाइनलमा किङकम र फ्रिडम फाइटर भिड्ने

हेटाैंडा- हेटौडामा जारी दशाैँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स फाइनल प्रवेश गरेका छन् ।

आइतबार हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत फ्रिडम फाइटर भेट्रान्सले बानेश्वर फ्रेण्डसिप भेट्रान्सलाई एक शून्य गोल अन्तरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने किङकम भेट्रान्सले आयोजक हेटौडा भेट्रान्स क्लबलाई तिन गोलको विरुद्ध पाँच गोल गर्दै  फाइनल प्रवेश गरेको हो । खेलमा फ्रिडम भेट्रान्सको तर्फबाट खेलको छैठाैँ मिनेटमा कृष्ण मालाकारले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । खेलमा म्यान अफ द म्याच गोलकर्ता मालाकार घोषित भएका थिए ।

यस्तै किङकम भेट्रान्सको तर्फबाट खेलको ७ औँ मिनेटमा सरोज थापा र नीरज सिंह बस्नेतले २८औँ मिनेटमा एक एक गोल गरेका थिए भने किशोर नेपालीले १२औँ,४२ औँ र ४४ औँ मिनेटमा तिन गोल गर्दै टिमलाई विजयी बनाएका थिए । यता हेटौँडा भेट्रान्सको तर्फबाट खेलको ३१औ मिनेटमा प्रकाश महर्जनले एक गोल गरेका थिए भने दीपक लामाले ३७ औँ र ४१ औँ मिनेटमा दुई गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ द म्याच किङकम भेट्रान्सका खेलाडी किशोर नेपाली घोषित भएका थिए । प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो २ बजे फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स बिच हुने प्रतियोगिता संयोजक मणिराज गौतमले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको छ भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्ने संयोजक गौतमले बताए ।  यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौडा भेट्रान्स कपकाे फाइनलमा किङकम र फ्रिडम फाइटर भिड्ने

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

हेटौडा भेट्रान्स कपकाे फाइनलमा किङकम र फ्रिडम फाइटर भिड्ने

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

हेटौडा भेट्रान्स कपकाे फाइनलमा किङकम र फ्रिडम फाइटर भिड्ने

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

हेटौडा भेट्रान्स कपकाे फाइनलमा किङकम र फ्रिडम फाइटर भिड्ने

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

हेटौडा भेट्रान्स कपकाे फाइनलमा किङकम र फ्रिडम फाइटर भिड्ने

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

हेटौडा भेट्रान्स कपकाे फाइनलमा किङकम र फ्रिडम फाइटर भिड्ने

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

हेटौडा भेट्रान्स कपकाे फाइनलमा किङकम र फ्रिडम फाइटर भिड्ने

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

हेटौडा भेट्रान्स कपकाे फाइनलमा किङकम र फ्रिडम फाइटर भिड्ने

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan