Search
Close this search box.

लागूऔषध ट्रामाडोलसहित ३ जना पक्राउ

हेटौंडा । हेटौंडाबाट १२० पिस लागूऔषध ट्रामाडोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा- १४ मयुरधाप बस्ने वर्ष २२ को विकास तिमल्सिना, सोही स्थान बस्ने वर्ष २६ को कैलाश लामा र वर्ष ३३ को प्रकाश मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बेलुका हेटौंडा-१४ मयुरधाप चोक नजिकै भित्री सडकखण्डमा बसीरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट मयुरधाप मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले सुचनाको आधारमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध ट्रामाडोल १२० पिस फेला परेको हो।

उक्त लागुऔषसहित ३ जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan