Search
Close this search box.

शिक्षकको तलब तत्काल जाने


हेटौंडा- हेटौंडा उपमहानगरका विद्यालयका शिक्षकहरुले दुई महिनादेखि तलब पाएका छैनन् । हेटौंडा उपमहानगरका ८ सय ६२ शिक्षकले तलब नपाएको गुनासो आएको छ । समयमा विवरण प्राप्त नभएको बताउदै हेटौंडा उपमहानगरपालिका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले तत्काल सबैको तलब जाने जानकारी दिए ।
हेटौंडा उपमहानगरभित्र ६ वटा दरबन्दी खाली छ । महिनैपिच्छे तलब पठाउने गरेको बताउदै कुनै महिनामात्र ढिला हुने गरेको उनले बताए । विद्यालयले डाटा ढिलो पठाउदा, बढुवा हुँदा वा नयाँ नियुक्ति हुँदा ढिलो हुने गरेको उनको भनाइ छ । आफूले भने तलब खाइसकेको उनले बताए । हेटौंडा उपमहानगरभित्र ७० सामुदायिक विद्यालय छन् । ७० विद्यालयमा ८ सय ६२ शिक्षक छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan