Search
Close this search box.

हाेलीमा बागमती प्रदेश प्रमुखकाे शुभकामना

हेटाैंडा- बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताएका छन् । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्ताे बताएका हुन् ।

‘हाेलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।

होलीलाई आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रुपमा मनाउन उनले आग्रह गरेका छन् । ‘पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजयको रूपमा यो पर्वको महत्व रहेको छ । खराब प्रवृत्तिलाई दहन अर्थात् नाश गरेर हामीले सत्यता र न्यायलाई स्थापित गर्ने सन्देश बाेक्ने यस पर्व विशिष्ट मौलिक पहिचानका निरन्तरता भएको उनले उल्लेख गरेका छन् । ‘नेपाल सभ्यता र संस्कृतिमा धनी छ, शिष्टता, सद्भाव, मौलिकता र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस् ।’ उनले भने ।

पर्वका नाममा हुने विकृतिको अन्त्य गरी सभ्य र समृद्ध समाज निर्माणमा यो पर्वले टेवा पुर्‍याउने अभिलाषाका साथ सबैमा फागु पूर्णिमा अर्थात् होलीको शुभकामना व्यक्त गर्दछु’ उनले भनेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan