काठमाडौं– चन्द्रागिरी नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका– ४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो ।
पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
केही प्रतिक्रिया छ कि ?

