Search
Close this search box.

मनहरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु, एक घाइते

हेटाैंडा- मकवानपुरकाे मनहरी गाउँपालिका भुलचाेकमा साेमबार साँझ बसकाे ठक्करबाट स्कुटरमा सवार एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन जिल्ला भरतपुर महानगरपालिका २ क्षेत्रपुरका २८ वर्षीय आकाश बरामु रहेका छन् ।

पूर्वपश्चम राजमार्गअन्तरगत भुलचाेकमा साेमबार साँझ चितवनबाट हेटाैंडातर्फ आउँदै गरेकाे  बा.४ख ५५८२ नं.को बसले मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०६-००२प ४२३३ नं.को स्कुटरलाई ठक्कर दिँदा बरामसहित सुनसरी ईटहरी उ.म.न.पा. ७ बस्ने बर्ष २८ को बुद्ध लामा घाइते भएका थिए ।
घाइतेमध्ये बरामकाे उपचारकाे क्रममा गएराति निधन भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । दूर्घटना गराई फरार बस चालकलाई प्रहरीले आज बिहान पक्राउ गरेकाे जनाएकाे छ । बस चालक उदयपुर चौरण्डी गढी न.पा.७ बस्ने बर्ष ३१ को नबिन थापालाई पक्राउ गरि आवश्यक कारबाही अघि बढाइएकाे प्रहरीले जनाएकाे छ । 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan