Search
Close this search box.

हेटौंडाबाट लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ


हेटौंडा । अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो ३ बजेको समयमा हेटौंडा–८, ओमनगर टोलस्थित रनिश थापाको घरमा लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा ३७ वर्षीय रनिश थापा, हेटौंडा–१५ का ३२ वर्षीय धनसिं वाईवा र हेटौंडा–८ का ३५ वर्षीय सुनिल खड्गीलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा लागूऔष्ध खैरोहेरोईन २ ग्राम २९० मिलिग्राम फेला पारेको थियो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ ।

त्यस्तै प्रहरीले मंगलबारनै हेटौंडा–१० न्युरेनीस्थित हुमबहादुर थापा मगरको घरबाट लागूऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको हो । लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी टोलीले ४३ वर्षीय हुमबहादुर थापा मगर, हेटौंडा–२, चौकीटोलका २४ वर्षीय बिजय आलेमगर र १८ वर्षीय रविन सुनारलाई प्रहरीले खानतलासी लुकाएर राखेको १ ग्राम ४३० मिलिग्राम खैरोहे रोइन फेला परेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan