Search
Close this search box.

बिहीबार पनि सेयर बजार ओरालो

साताको कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ ।

यसदिन नेप्से १२ अंकले घटेर परिसुचक २६६९ बिन्दुमा पुगेर रोकिएको छ ।

आज ९५ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोडको कारोबार भयो । कारोबारमा आएका ६२ कम्पनीको सेयर बढ्यो भने १७५ कम्पनीको सेयर घट्दा ७ कम्पनीको सेयर स्थिर रह्यो ।
कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स र नेपाल रि इन्सुरेन्स अगाडि रहे । यसदिन मिथिला लघुबित्त र भुगोल इनर्जीको सेयर १० प्रतिशतले घट्यो ।

यसदिन जीवन बीमा सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०।०३ प्रतिशत बढ्यो ।

फाइनान्स सेक्टर सबैभन्दा धेरै १.३५ प्रतिशत घट्यो । बैंकिङ ०.३७, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.६४, लगानी ०.१०, उत्पादन ०.७१, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.९६, अन्य ०.६१ तथा व्यापार सेक्टर ०.३२ प्रतिशत घटे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan