Search
Close this search box.

क्षयरोग दिवसमा हेटौंडा उपमहानगरले गर्यो बिरामीको सम्मान

हेटौंडा– बिश्व क्षयरोग दिवस ‘मार्च २४’ को अवसरमा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधि सेवन गरिरहेका १० जना बिरामीलाई सम्मान गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधि सेवन, जाँच र नियमअनुसार उपचार पूरा गरेका १० जनालाई पोषण युक्ता खाद्यान्न र सवारी भाडा सहित सम्मान गरीएको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुर्यप्रसाद तिवारीले बताए ।

उनका अनुसार बिरामी सहित नगर क्षेत्रमा रहेका स्वास्थ्य सस्था मध्य बिरामीको तथ्याङक दुरुस्त राखेको भन्दै शहरी स्वास्थ्य केन्द्र हेटौंडा–११ का प्रमुख मीनाकुमारीलाई सम्मान गरिएको छ ।

उनिहरुलाई नगर प्रमुख मीनाकुमारी लामाले पुरस्कार तथा सम्मान हस्तान्तरण गरेकी हुन् । ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौं, लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने नाराको साथ कार्यक्रम सञ्चालन भएको हो । स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार उपमहानगरक्षेत्र बाट ५ वटा केन्द्र मार्फत खकार जाँच हुने गरेको छ भने चालु आर्थिक बर्षको फागुन मसान्त सम्म २०७ जना बिरामी दर्ता रहेका छन् । क्षयरोग परिक्षणका लागि जिनरिपोर्ट जाँच भने हेटौंडा अस्पतालमा हुने गरेको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम सहित उपमहानगर क्षेत्रका बिभिन्न स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan