हेटाैंडा- ग्लोबल मनि सप्ताहको अबसर पारेर फोन पे डिजी स्मार्ट नेपाल क्याम्पिएन अन्तर्गत ‘आर्थिक ज्ञान’ नामक सडक नाटक प्रदर्शन भइरहेकाे छ । दुइसातासम्म देशभरका विद्यालयहरुमा हुने नाटककाे टाेली मंगलबार हेटाैंडामा आइपुगेकाे छ ।
हेटाैंडामा आज भुटनदेवी मावि, अरनिकाे माविमा नाटक प्रदर्शन गरिएकाे छ भने भाेलि बुधबार नारायणी कलेज, तुलसी मेहर मावि, आधुनिक मावि र कृष्ण आदर्श माविमा कार्यक्रम हुनेछ । नाटक काठमाडौ , ललितपुर चितवन , हेटौंडा , लहान , इटहरी, बिरगंज , र जनकपुर गरी २८ वटा विद्यालयमा प्रदर्शन गरिने नाटकका लेखक तथा संयोजक लोकराज अधिकारीले जानकारी दिए । काठमाडौ ललितपुर चितवन पछि आज कलाकारहरुले मंगलबार हेटौंडामा प्रदर्शन गरेका हुन् ।
नाटकमा अधिकारी सहित नायक श्रीदेब भट्टराई , जेबी डिसी र शरद न्यौपानेको अभिनय गरेका छन् । युवा पुस्तालाई आर्थिक तथा डिजिटल ज्ञान दिने सन्देश समेटिएको नाटककाे निर्देशन वरिष्ठ रंगकर्मी जेबी डिसीले गरेका हुन् । लेखक अधिकारी दुई दशक भन्दा बढी समयदेखि गिती लेखन र साहित्य अनि नाटक लेखन र अभिनयमा सक्रिय छन् । डिसी र भट्टराई लामो समय देखि चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्दै आएका लोकप्रिय कलाकार हुन् ।


