धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार (चैत १२) ५८.०५ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ ।
यस दिन पाँच अर्ब १८ करोड सात लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार ९चैत ११० चार अर्ब ४८ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
नेप्से परिसूचक २.१९ प्रतिशतले घटेर २५८२.७३ विन्दुमा बन्द भएको छ । चार कम्पनीको सेयर मूल्य बढेको छ । २४० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
सबै समूहगत परसूचक घटेर राताम्य भएको छ । परिसूचक सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ३.५० प्रतिशतले घटेको छ ।
केही प्रतिक्रिया छ कि ?
