सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्।
बैठकमा गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरत सिंह भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल पनि सहभागी छन्।
सत्तारुढ दलको बैठक विकसित राजनीतिका विषयमा केन्द्रित रहेको बताइएको छ। सरकारले सोमबार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो। उक्त निर्णयको अहिले सर्वत्र विरोध भइरहेको छ। सोही विषयमा प्रधानमन्त्री ओलीले सत्तारुढ दलका नेताहरूसँग छलफल गरिरहेको स्रोतको भनाइ छ।


