हेटाैंडा- मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको अध्यक्षमा ध्रुव अधिकारी चयन भएका छन् । मंगलबार भएकाे तेस्रो अधिवेशनले रोयल प्यालेस हेटौंडाका संचालक अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे हाे ।
समितिको उपाध्यक्षमा मदनकुमार पोखरेल, महासचिवमा ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्षमा देबु प्रसाद चौलागाईं रहेका छन् । सदस्यहरूमा पारसमणि थिङ, राजेश कुमार शर्मा, अनिश वाग्ले, रिजन बर्तौला, प्रमोद उप्रेती, सन्दीप ढुङ्गाना, महेश ठकुरी र विवेक मानन्धर चयन भएका छन् ।
मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघका अध्यक्ष दीपक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यको प्रमुख आतिथ्यता रहेकाे थियो । कार्यक्रममा मकवानपुर उद्याेग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डे केन्द्रीय सदस्य चेतनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

