Search
Close this search box.

लाेथरमा बस र म्याजिक ठाेक्किँदा म्याजिक चालककाे मृत्यु

हेटाैंडा- पूर्वपश्चिम राजमार्गअन्तरगत मकवानपुरकाे मनहरी गाउँपालिका ६ स्थित लाेथरमा गएराति बस र म्याजिक एकआपसमा ठाेक्किँदा म्याजिक चालककाे मृत्यु भएकाे छ । राति करिब ३ बजेकाे समयमा भएकाे घटनामा राक्सिराङ गाउँपालिका ४ का ३२ वर्षीय सन्देश काेइरालाकाे निधन भएकाे हाे ।

चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१न.को बस र मनहरीबाट  चितवनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नं.को  म्याजिक गाडी एक आपसमा ठक्कर  खाई दुर्घटना भएकाे थियाे । म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेकाे प्रहरीले जनाएकाे छ ।  दूर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा,टाउको र शरिरहरुमा चोट लागी गम्भीर घाईते भई उपचारको लागी चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा डाक्टरले मृत घाेषणा गरेका थिए ।

मृतककाे शव साेही अस्पतालमा रहेकाे र बस चालक नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan