Search
Close this search box.

मनिपामा आवद्ध महिलालाई अभिमुखीकरण

हेटौंडा । मनिपामा आवद्ध महिलाहरुलाई सम्भोटा लिपिद्वारा मोलम सम्बन्धि दुई दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। शिच्छेन ङिङ्गमा गुम्बाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडाको सहयोगमा हेटौंडा -८ शिच्छेन ङिङ्गमा गुम्बामा उक्त कार्यक्रम भएको हो।

शिच्छेन ङिङ्गमा गुम्बाका अध्यक्ष दावाछिरिङ्ग लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

अभिमुखिकरण कार्यक्रममा गुम्बाका अध्यक्ष दावाछिरिङ्ग लामाले लिपिबाट मोलम सम्बन्धि ५० जनालाई प्रशिक्षण दिएका थिए।

उक्त कार्यक्रममा मनिपा आवद्ध २९ जना महिलाहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक मना लामाले जानकारी दिइन्।
समाज परिवर्तनको लागि उद्देश्यका साथ विभिन्न गुम्बाहरुमा गएर सम्भेटा लिपिबाट मोलम पढेर विभिन्न पुजाहरुमा र राष्ट्रमा संकट परेको बेलामा सबि प्राणीको हितका लागि प्राथना गर्दै आइरहेका २८ जना महिलाको कामको उच्च मुल्यांकन गरि प्रमाणपत्र प्रदान गरिएको संयोजक लामाले बताइन् ।

कार्यक्रममा ८ नम्बर वडाध्यक्ष रामकृष्ण थापा, मानव संरक्षण तथा मानव बेचबिखन विरुद्ध संजाल संयोजक आरती पाठक, माइती नेपाल कार्यक्रम संयोजक माया लामा, हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइवा, गुम्बा सल्लाहकार मोती लाल लामालगायतको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan