Search
Close this search box.

४३ जिल्लाका साइकलयात्रीहरूको सहभागितामा हेटौँडादेखी सौराहासम्मको साइकल यात्रा


हेटौँडा । हेटौँडादेखी सौराहासम्मको साइकल यात्रा आयोजना हुने भएको छ। संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश तथा आन्तरिक मामिला तथा योजना मन्त्रालयको सहकार्यमा साइक्लिङ सिटी हेटौँडाले आयोजना गर्न लागेको यात्रा २०८२ वैशाख ११ गतेबाट सुरु हुने आइतबार पत्रकार सम्मेलन मार्फत आयोजकले
दिएका छन् ।

बाहिरी जिल्लाबाट आउने सहभागीहरूका लागि वैशाख ११ गते नै हेटौँडामा स्वागत तथा बसोबासको व्यवस्था गरिएको कार्यक्रम संयोजनक रामकुमार श्रेष्ठले जानकारी दिए । सहभागीलाई भूटनदेवी विश्राम गृह र दुर्गा मन्दिर हलमा बसोबासको व्यवस्था गरिने श्रेष्ठले जानकारी दिए ।

वैशाख १२ गते बिहान ७ बजे बुद्धचोकबाट नास्ता लिएर साइकल यात्रा सुरु हुने बताउंदै भूटनदेवी मन्दिर दर्शन गरेपछि सामुदायिक सेवा केन्द्र हेटौँडा-११ मा छोटो विश्राम र पानी ब्रेकको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

सौराहामा रेष्टुरेन्ट व्यवसायी तथा होटल व्यवसायी संघको आतिथ्यतामा स्वागत गरिने जानकारी दिंदै सहभागीहरूलाई पौडी तथा स्विमिङ पुलमा फ्रेश हुने समय समेत छुट्याइएको उनले बताए ।

साइकल यात्रा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो बताउँदै पर्यटन प्रवर्द्धन, पर्यावरणीय सन्तुलन, स्वास्थ्य जागरूकता तथा सांस्कृतिक आदानप्रदानका लागि पनि महत्त्वपूर्ण अवसर हुने उहाँले बताउनुभयो। ४३ जिल्लाका साइकलयात्रीहरूलाई एकै ठाउँमा भेला गराउँदै प्रकृतिको सौन्दर्य अनुभव गराउने सम्पूर्ण सहभागीहरूका लागि अविस्मरणीय क्षण रहने आयोजकको विश्वास रहेको छ।
कार्यक्रमको समापन १३ गते हुने बताउँदै ४३ जिल्लाका करिब ५ सय साइकलयात्रीहरूको सहभागिता रहने आयोजकको अनुमान छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan