Search
Close this search box.

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै


हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती गाउँपालिका कमिटिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताबारे आज हेटौंडामा पत्रकार सम्मेनकको आयोजना गरि आयोजक युवा संघले प्रतियोगिता चैत्र २० बाट २५ गतेसम्म आयोजना हुने जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय युवा संघ बागमती गाउँपालिका अध्यक्ष अशोक ग्यालनले प्रतियोगिताको विजेतालाई नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने र उपविजेतालाई नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र दिईने बताए ।
स्थानीय खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उदेश्यले सुरु गर्न लागिएको प्रतियोगितामा गाउँपालिकाको ९ वटै वडाको टिमहरु सहभागी हुने उनले बताए । आयोजकले टिम इन्ट्री शुल्क पाँच रुपैयाँ मात्र राखेको उनको भनाई छ ।
बागमतीमा गाउँपालिकाले गोल्डकप गर्ने गरेतापनि त्यसले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न नसकेपछि आफुहरुले मदन-आश्रीत स्मृति कप फुटबलको आयोजना गर्न लागेको आयोजकले बताएको छ ।
प्रतियोगिता फापरबारीमा रहेको जनता माविको खेलमैदानमा हुने आयोजकको भनाई छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार, विधागत उत्कृष्ट खेलाडीलाई नगद २ हजार तथा प्रत्यक म्यान अफ द म्याचलाई नगद पाँच सय पुरस्कार दिइने आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan