Search
Close this search box.

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै


हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती गाउँपालिका कमिटिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताबारे आज हेटौंडामा पत्रकार सम्मेनकको आयोजना गरि आयोजक युवा संघले प्रतियोगिता चैत्र २० बाट २५ गतेसम्म आयोजना हुने जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय युवा संघ बागमती गाउँपालिका अध्यक्ष अशोक ग्यालनले प्रतियोगिताको विजेतालाई नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने र उपविजेतालाई नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र दिईने बताए ।
स्थानीय खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उदेश्यले सुरु गर्न लागिएको प्रतियोगितामा गाउँपालिकाको ९ वटै वडाको टिमहरु सहभागी हुने उनले बताए । आयोजकले टिम इन्ट्री शुल्क पाँच रुपैयाँ मात्र राखेको उनको भनाई छ ।
बागमतीमा गाउँपालिकाले गोल्डकप गर्ने गरेतापनि त्यसले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न नसकेपछि आफुहरुले मदन-आश्रीत स्मृति कप फुटबलको आयोजना गर्न लागेको आयोजकले बताएको छ ।
प्रतियोगिता फापरबारीमा रहेको जनता माविको खेलमैदानमा हुने आयोजकको भनाई छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार, विधागत उत्कृष्ट खेलाडीलाई नगद २ हजार तथा प्रत्यक म्यान अफ द म्याचलाई नगद पाँच सय पुरस्कार दिइने आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुँदै

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan