Search
Close this search box.

बागमती प्रदेश प्रमुखले दिए ईदकाे शुभकामना

हेटाैंडा- बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले इस्लाम धर्मावलम्बी समुदायबीच मनाइने महत्वपूर्ण पर्व ईदको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज सोमबार शुभकामना सन्देश प्रकाशन गर्दै प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकता, सामाजिक, सांस्कृतिक सद्भावपूर्ण राष्ट्र भएको उल्लेख गरेका छन् ।

‘नेपालको  भौगोलिक विविधता अनुसार कला संस्कृति र परम्पराहरुमा पनि बहुआयामिकता छ’ उनले शुभकामना सन्देशमा भनेका छन् । ‘नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम छ, नेपालीहरुको आफ्नै चाडपर्वहरु मध्येको ईद पनि एक हो ।’

‘ईद-उल-फित्रको सुखद् अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्मका अनुयायी दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै ईद मुवारक भन्न चाहन्छु” उनले सन्देशमा उल्लेख गरेका छन् ।

धार्मिक आस्था र परम्पराहरूले एकता, भातृत्व र मेलमिलापको भावनालाई सुदृढ बनाइ सभ्य र समृद्ध समाज निर्माणमा टेवा पुर्‍याउने उनले बताए । ‘

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan