Search
Close this search box.

विद्यार्थीलाई साइबर क्राइम सचेतना


हेटौंडा – लैंगिकहिंसा, लागुऔषध, साइबर क्राइम तथा मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । सामुदायिक विकास संस्था नेपालको आयोजना तथा प्रदेश युवा परिषद् बागमतीको सहयोगमा कार्यक्रम भएको हो ।
मकवानपुर बहुमुखी क्याम्पसको हलमा भएको कार्यक्रममा क्याम्पसमा ११ मा विज्ञान अध्ययनरत् ७० विद्यार्थीको उपस्थिति थियो । मानव बेचबिखन तथा तनाव व्यवस्थापनसम्बन्धि अर्पण पराजुलीले प्रस्तुतिकरण दिएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले साइबर क्राइमसम्बन्धि प्रस्तुतिकरण दिएका थिए । गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटाले लैंगिकहिंसाबारे प्रस्तुतिकरण दिएकी थिइन् ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष अनन्तप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, क्याम्पस प्रमुख डा. यम सिलवाल, स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष प्रसिद्ध रेग्मी र परिषद् प्रमुख अधिकृत रमेश घिमिरेलगायतको उपस्थिति थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan